एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमाले सहमतिबाट पछि हटेकाले मुलभुत विषयमा सहमति हुन नसकेको बताउनुभएको छ ।

लाजिम्पाट निवासमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष दाहालले राज्य पुनःसंरचना, संघीयता, निर्वाचन प्रणालीलगायतका विषयमा अझै कुनै सहमति नभएको बताउनुभयो । एमाले र कांग्रेस पहिलेको सहमतिबाट पछि हटेको भन्दै एकीकृत माओवादी १० प्रदेशबाट कुनै हालतमा पछि नहट्ने स्पष्ट पार्नुभयो । कांग्रेसले ल्याएको ६ र ७ प्रदेशको विकल्प र एमालेले मिश्रित प्रणालीको अवधारणा छाडेर निर्वाचन प्रणालीमा जाने भन्दै सहमतिबाट पछि हटेको उहाँको आरोप थियो ।

Please follow and like us:

Comments