एजेन्सी । घरेलु टोली भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित निकालेको छ । मंगलबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ८ रनले हराएको हो ।

भारतले दिएको २ सय ५० रनको लक्ष्य पछ्याउने क्रममा रहेको अस्ट्रेलियाले ४९ ओभर ३ बलमा अल आउट हुँदै मात्र २ सय ४२ रन बनायो ।

भारतको जितका लागि कप्तान विराटी कोहलीले महत्वपूर्ण पारी खेले । उनले १ सय २० बलको सामना गर्दै १ सय १६ रन बनाए । भारतका लागि विजय शंकरले ४६, शिखर धवन र रवीन्द्रसिंह जडेजाले समान २१, अम्बाती राएडुले १८ र केदार जाधवले ११ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अष्ट्रेलियाका मार्कस स्टोइनेसले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै उसका पिटर ह्याण्ड्स्कम्बले ४८, उस्मान ख्वाजाले ३८ कप्तान एरोन फिन्चले ३७ रन बनाए  ।

जितसंगै भारतले पाँच खेलको सिरिजमा २-० को अग्रता बनाएको छ । घरेलु टोलीसंगको टी-ट्वान्टी सिरिज भने अष्ट्रेलियाले जितिसकेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments