एडिलेड । अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु पानीमा डुब्ने घटना बढेपछि यस सम्बन्धि सचेतना कार्यक्रमहरु आयोजना हुन थालेका छन् । यसैक्रममा एनआरएनए साउथ अष्ट्रेलियाको आयोजनामा सचेतनामूलक कार्यक्रम ‘बीच सेफ़्टी प्रोग्राम ‘ सम्पन्न भएको छ ।

नेपाली समूदायका अगुवा गोविन्द रानाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा आफू कसरि बच्ने र संगै गएको साथी पानीमा डुब्न लागेको अवस्थामा कसरि बचाउन सकिन्छ भन्ने जानकारी दिइएको थियो । नेपालमा समुद्र नभएका कारण समुद्रको बहाव, गहिराइ, आकार, छाल, सुरक्षित क्षेत्र र असुरक्षित क्षेत्र आदि सम्बन्धि कुरा थाहा नहुँदा घटनाहरु घट्ने गर्छन् । सहभागीहरुले यस्ता कार्यक्रमले ती सबै ज्ञान दिने हुनाले घटनाहरु घटनाबाट रोक्नेमा आफूहरु विश्वस्त भएको बताएका थिए ।

उक्त बीच सेफ़्टी प्रोग्राममा मूख्य आयोजक एनआरएनए साउथ अष्ट्रेलिया संग अजिमेड्स, नेपाली नर्सेस एशोशियसन एडिलेडका साथमा स्थानीय नेपाली स्पोर्ट्स क्लवहरु एडिलेड नेप्लिज क्रिकेट एशोशियसन, नेपाल टेनिस क्लव, नेपाल बास्केटबल क्लव तथा एडिलेड खुकुरी फुटबल क्लवले सहकार्य गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments