होबर्ट । अष्ट्रेलियाको होबर्ट सहरमा अब प्लास्टिकका सामग्रीहरु माथि प्रतिबन्ध लाग्ने भएको छ । होबर्ट सहरका काउन्सिलरहरुले सोमबार राती प्रतिबन्धको पक्षमा भोट गरेपछि होबर्ट सहर अष्ट्रेलियामै प्लास्टिकका सामग्री प्रतिबन्ध गर्ने पहिलो राजधानी सहर बनेको हो ।

सिंगल प्रयोगका प्लास्टिकका सामग्री, जस्तै कप, डब्बा, डब्बा, सस राख्ने प्याकेट, स्ट्र देखि लिएर प्लास्टिकका भाँडाहरुमा प्रतिबन्ध लाग्ने बताइएको छ । यसलाई कानुन अनुसार नै लागु गरिसकेपछि यो कानुनलाई नमान्ने व्यक्ति या पसललाई कारबाही गर्ने बताइएको छ ।

प्लास्टिकमा राखेको यो प्रतिबन्ध तत्काल भने लागु हुने छैन । वातवरण संरक्षणलाई ध्यानमा राखेर योजनामा ल्याइएको यो प्रतिबन्ध २०२० देखि लागु हुने बताइएको छ ।

Source : 7 News 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments