प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा लगानीका लागि उपयुक्त वातावरण बनेको बताउनुभएको छ ।

गैर आवासीय नेपाली संघको टोलीसँग आज बिहान भएको भेटमा प्रधानमन्त्री कोइरालाले यस्तो बताउनुभएको हो ।  प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले आफ्नो नेतृत्वको सरकारले शान्ति,स्थायित्व, लोकतन्त्र,लोकतान्त्रिक संविधान र विकासलाई मूलमन्त्र बनाएर काम गरिरहेको बताउनुभयो ।

त्यसैगरी एनआरएनका अध्यक्ष शेष घलेले खुल्ला विश्व विद्यालयको स्थापना सम्बन्धी प्रक्रियालाई छिटो टुंग्याउन सके यसले नेपालीहरुलाई गुणस्तरीय उच्च शिक्षा लिने मार्ग प्रशस्त गर्नेमा जोड दिनुभएको थियो ।

Comments