मेलबर्न । अष्ट्रेलियामा गत जनवरी ६ तारिख देखि सुरु भएको न्याभ क्रिकेट कप टुर्नामेन्ट सम्पन्न भएको छ ।

आइतबार मेलबर्नको जेसी डोनार्थ रिजर्भ ग्राउन्डमा भएको फाईनल खेलमा उपाधिको लागि नारे किंग्स र रोयल राइनोज क्रिकेट क्लब बीच प्रतिस्पर्धा भएको थियो । उक्त फाइनल खेलमा रोयल राईनोजले दिएको १ सय २३ रनको चुनौतीलाई नारे किङ्गसले सहजै ४ विकेटको क्षतिमा १२ ओभर खर्च गर्दै जित हासिल गरेको हो । विजेता टिम नारे किंग्सले ट्रफी संगै २५ सय डलर पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै, तेस्रो स्थानको लागि भिडेका हिमालयन जायन्टस र एक्सपर्ट क्रिकेट क्लब मध्ये एक्स्पर्टले हिमालयनलाई पराजित गरेको छ । न्याभ कप २०१९ को समापनको अवसरमा कर्पोरेट टिम र न्याभ टिमबीचको मैत्रीपूर्ण खेल भएको थियो । उक्त खेलमा कर्पोरेट टिमले जित हासिल गर्यो ।

न्याभ कप २०१९ को संयोजन न्याभको तर्फबाट प्रेम उप्रेतीले गरेका थिए । संयोजक उप्रेती पूर्व खेलाडी तथा खेल सम्बन्धि कार्यक्रम व्यवस्थापनको अनुभवी भएका कारण यसपालिको न्याभ कप गत वर्षहरु भन्दा अझ व्यवस्थित, सहभागीमूलक र भव्य बन्यो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments