काठमाडौं । संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई अनुदानमा उपलब्ध गराउन लागेको दुईवटा स्काई ट्रक (कार्गो विमान) सा २०१९ को अन्त्यमा नेपाल आईपुग्ने भएका छन् । अमेरिकाले डेढ दशकअघि नै नेपाली सेनालाई चारवटा स्काई ट्रक अनुदान दिने प्रतिबद्धता जनाएको थियो ।

अमेरिकाले नेपाललाई उपलब्ध गराउँदै आएको सैन्य सहायता दरबार हत्याकाण्डपछि रोकिएको थियो । डेढ दशक रोक्का गरेर अमेरिकाले पुनः सहायता उपलब्ध गराउन लागेको हो ।

चारमध्ये दुईवटा स्काइृ ट्रक निमाणका निम्ती पोलयान्डस्थित कम्पनीसँग समझदारी गरिएको छ । अमेरिकी रक्षा मन्त्रालयले नयाँ एम २८ स्काई ट्रक निर्माणको सम्झौता पोलिस एयरक्राफ्ट उत्पादन कम्पनी पौल्स्की जाकेल्डी लोटनिक्ज कम्पनी (पिजेडएल) सँग गरेको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अकेरिकी डिफेन्स ब्लग म्यागेजिनले लेखेको छ । उक्त सम्झौता शुक्रबार भएको हो । समाचार अन्नपूर्ण दैनिकले छापेको छ ।

दुई इन्जिन रहने अत्याधुनिक कार्गो ट्रक प्रतिकुल मौषम र विकट भौगोलिक क्षेत्रमा सहज रुपमा उडान भर्न सक्नेछ । डेढ दशक रोकेपछि अमेरिकाले नेपाललाई सैन्य सहायता पुनः उपलब्ध गराउन लागेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments