एजेन्सी। विवाह, त्यसपछि सम्बन्ध-विच्छेद, अर्को विवाह र त्यो अर्को विवाह गरेका जीवनसाथीको मृत्यु भएपछि पहिले सम्बन्ध विच्छेद गरेका व्यक्तिसंग नै पुनर्विवाह । यो अनौठो वैवाहिक सम्बन्ध रच्ने तयारीमा जुटेका छन्, एक वृद्ध दम्पती।

८३ वर्षका ह्यारोल्ड होनाल्ड र ७८ वर्षिया लिलियन बार्नेस अमेरिकाको कन्टकीमा बस्छन्। उनीहरुले आफूहरुको सम्बन्ध विच्छेस भएको ५० वर्षपछि पुन: विवाह गर्न थालेका छन्।

होनाल्ड र बार्नेसले १९५५ मा पहिलो पटक विवाह गरेका थिए। त्यसपछि उनीहरुका पांच सन्तान जन्मिए।

होनाल्डको जागिर घर देखि टाढा भएपछि उनी विस्तारै परिवार देखि टाढा हुँदै गए। त्यसपछि उनीहरुले १९६८ मा सम्बन्ध-विच्छेद गरे। दुवै जनाले सम्बन्ध-विच्छेद पछि अर्को विवाह गरे। तर, दुवै जनाको जीवनसाथीको २०१५ मा मृत्यु भयो।

त्यसपछि एक्लै बनेका उनीहरुको फेरी भेट भयो र दुवै जना संगै रहने निर्णय गरे। उनीहरुले अप्रिल १४ मा विवाह गर्दैछन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments