काठमाडौ । भोलि फागुन २० गते सोमवार देशभरी सार्वजनिक विदाको घोषणा गरिएको छ । हिन्दूहरुको पर्व महाशिवरात्री परेकाले देशभरी नै भोलि सार्वजनिक विदा दिइएको हो । हिन्दू परम्परा अनुसार महाशिवरात्रीलाई महत्वका साथ मनाइन्छ ।

शिव तिनै हुन् जस्ले विष पिएर निलकण्ठ भएर गोँसाईकुण्ड पर्वतमा पुगे, शिव तिनै करुणामयी पात्र हुन् जसले पत्नी सतीदेवीको असामहिक मृत्यूको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर आँसुको धारा बगाउँदै लामोसमयसम्म ब्रमाण्ड यात्रा गरेका थिए ।

Comments