काठमाडौँ ।  अघिल्लो शुक्रबार दिउँसो तीन बजे हस्याङफस्याङ गर्दै तारा थारु त्रिभुवन विमानस्थलको आगमन कक्षमा पुगेकी थिइन् । सँगै थिए जेठो छोरा र देवर । उनको मोबाइलमा तारन्तार घण्टी बजिरहेको थियो ।

सबैको एउटै प्रश्न थियो, ‘सत्यनारायण आइपुग्यो ?’ उनी एकै खालको जवाफ दिइरहेकी थिइन्, ‘मान्छेहरु बाहिर आइरहेका छन् । खै हाम्रा मान्छे निस्किएका छैनन् ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

ताराका श्रीमान् सत्यनारायण चौधरीलाई साउदी मालिकले ११ वर्षदेखि नेपाल पठाएको थिएन । जबर्जस्ती श्रम गराई बाख्रागोठमा काम लगाइराखेको थिये । एक पाकिस्तानीले तारालाई फोन गरी सत्यनारायणलाई नेपाल पठाएको खबर दिएका थिए ।

त्यसैका भरमा उनी तिलोत्तमा नगरपालिका–७, भरवाडी, रुपन्देहीबाट रातारात आइपुगेकी थिइन् ।

कुवेत जान हिँडेका सत्यनाराणलाई दलालले साउदीको सलगाइद पुर्याए । ११ वर्षसम्म साहुले जबर्जस्ती काममा लगाइरहे । फर्कन दिएनन् । नेपाली प्रवास समाज र नेपाली दूतावासको पहलमा स्वदेश फर्किएका उनी आफ्नै गाउँमा नौलो भएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments