बुधवार ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्किँदा हेलिकप्टर दुर्घटनामा परेका मन्त्री रविन्द्र अधिकारि लगायतकोको शव अहिले काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा लगिएको छ। त्यहाँ सबैको पोष्टमार्टम हुनेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्री रवीन्द्र अधिकारी र उनका पिएसो अर्जुनकुमार घिमिरेको शव पहिचान भैसकेको छ।

सँगै दुर्घटनामा परेका यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, एयर डाइनेस्टिका पाइलट प्रभाकर केसी,  नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ,  प्राधिकरणकै इन्जिनियर ध्रुव भोछिभाया र प्रधानमन्त्रीका निजी सचिव युवराज दाहालको शव पहिचान भएको छैन। परिवारले शव पहिचान गर्न नसके डिएनए परीक्षण गरिने छ। जसको लागि बढी समय लाग्ने छ ।

त्यसैले आज तयारि भैरहेको श्रद्धान्जली कार्यक्रम भोलीको लागि सर्ने भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments