हलुका एकल इन्जिन विमान दुर्घटना हुँदा मेलबर्नको दक्षिण पूर्व चेल्सीमा विमान चालकको निधन भएको एबीसी न्युजले जनाएको छ | उद्धारमा खटिएका अधिकारीहरु एबं भिक्टोरिया प्रहरीले चालकले घरेली इन्जिन पर्योग गरेर विमान उडाएको हुन सक्ने अनुमान गरेका छन् |

बिमान दुर्घटना हुनु अघि अनियन्त्रित भै व्यक्तिगत भवनहरुको नजिक पुगे पछि सर्वसाधारणले धेरै पटक पुलिसमा खबर गरेका थिए | यद्यपि विमान एउटा भवनको कुनामा  ठोक्कियो र घर पछाडीको बाटोमा बज्रियो अनि बिस्फोट भयो |  बिस्फोटबाट सडकमा रहेका २ सवारी साधन समेत क्षेति भएका छन् | अधिकारीहरुले भनेका छन् ,” बिमान चालकले क्षति हुनबाट जोगाउने प्रायस गरेको जस्तो देखिन्छ | नत्र विमानले अन्य घरहरुमा समेत क्षति पुर्याउने र मानवीय क्षति अझ बढी हुनसक्थ्यो |”

बिमान  ठोक्किएको घरकि एक महिला सामान्य घाइते भएको एबीसी न्युजले जनाएको छ | ( Image source : ABC News)

Comments