मेलबर्न । पछिल्ला वर्षहरुमा अष्ट्रेलिया नेपाली विद्यार्थीहरुका लागि प्रमुख गन्तब्य रहिआएको छ ।

नेपाली विद्यार्थीहरु आफ्नो अध्ययन पूरा गरेसँगै अष्ट्रेलियाको पीआर (स्थायी बसोबास) प्राप्त गर्ने लक्ष्य राख्दछन् । तर अदक्ष कामदारलाई निरुत्साहित गर्ने नीति लिइरहेको अष्ट्रेलियामा पीआर पाउने काम थप मुस्किल बन्दै गएको छ ।

यसै वर्षबाट अष्ट्रेलिया सरकार ३० हजार भन्दा बढी अप्रवासी भिसा कटौति गर्ने योजनामा छ, तर दक्ष पेशामा दिइने पीआर भने बढाउने घोषणा गरेको छ ।

अष्ट्रेलियामा डाक्टर, नर्सिङ, एकाउन्टेन्सी, आइटी, इञ्जिनियरिङ लगायत विषयको भने उच्च माग छ र यी विषयका दक्ष विदेशी विद्यार्थीलाई सहज पीआर दिने नीति रहिआएको छ ।

अष्ट्रेलियामा माग रहेको विषयमा दक्ष विद्यार्थीहरुका लागि पीआरको राम्रो अवसर रहेकाले पीआर चाहने विद्यार्थीहरु रोजगारीको माग धेरै हुने विषयहरुमा बढी महत्व दिनुपर्ने र कम हुन सक्ने बिषयहरु र पेशाबारे ख्याल गर्नुपर्ने देखिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments