काठमाडौं । भक्तपुरको जुजु धौ खाने जो कोही व्यक्ति यसको स्वादमा रमाउँछ । जुजु धौलाई दहीको राजा भनिन्छ । नेवारी भाषामा जुजु भनेको राजा हो र धौ भनेको दही हो ।

मल्ल राजाको पालामा दहीको प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगितामा भक्तपुरको दही राजदरबारका सदस्यले सबैभन्दा बढी मन पराए । त्यही दिन देखि जुजु धौ नाम राखीएको भनाइ छ ।

यसरि बनाउन सकिन्छ जुजुधौ

आवश्यक सामग्री :

दुध, चिनी, सुकमेलको धुलो , साधारण दही

बनाउने विधी :

एउटा भाँडोमा दुध तताउने । दुध केहि घट्ने गरि तताइरहनुपर्छ ।

त्यसमा चिनी र सुकमेलको धुलो राखेर केही बेर पकाउने ।

दुध बाक्लो भएपछि भाँडोमा खन्याउने । केही छिन् चिसो हुन दिने।

त्यसपछि त्यसमा साधारण दही राखिदिने र केही छोप्ने ।

अब त्यसलाई ६ घण्टासम्म तातो ठाउँमा राख्ने ।

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस् :

Comments

comments