एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ ।

बार्सिलोनाले सेभिल्लालाई ४–२ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे भने लुइस स्वारेजले एक गोलको योगदान दिए । हिजोको खेलमा मेस्सीले गरेको ह्याट्रिक उनको करियरको ५० औं ह्याट्रिक हो । सेभिल्लाका लागि नाभास र मेर्काडोले एक एक गोल गरे । २२ औँ मिनेटमा गोल गर्दै नाभासले सेभिल्लालाई सुरूवाती अग्रता दिलाएका थिए । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा बार्सिलोना २–१ ले पछि रहेको थियो । बार्सिलोनाका लागि मेस्सीले खेलको २६, ६७ तथा ८५ औं मिनेटमा गोल गरे । स्वारेजले भने अतिरिक्त समयको तेश्रो मिनेटमा चौथो गोल दिलाएका थिए ।

जितसँगै शीर्षस्थानको बार्सिलोनाको २५ खेलबाट ५७ अंक भएको छ । लिगमा एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ४७ अंसहित दोश्रो स्थानमा रहेको छ भने रियल मड्रिड ४५ अंकसहित तेश्रो स्थानमा रहेको छ ।

Comments

comments