काठमाडौं। ललितपुरको नक्खुस्थित एनसेल मुख्यालयमा शुक्रबार साँझ अज्ञात समूहले बम विस्फोटन गरायो । विस्फोटमा तीन सर्वसाधारण घाइते भएकोमा शनिबार एक जनाको निधन भएको छ । विस्फोटमा लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङ, काभ्रेकी २५ वर्षीया उरुषा मानन्धर र बागडोलकी २६ वर्षीया प्रतीक्षा खड्का घाइते भएकामा गुरुङको उपचारका क्रममा शनिबार निधन भएको हो । सर्वसाधारणका अनुसार, त्यहाँ बम पड्केको झन्डै २० मिनेटपछि मात्र प्रहरी घटनास्थल पुगेको थियो ।

बमको त्रासले सर्वसाधारणको भिड लागेको थियो । तर, उद्धार गर्न कोही अगाडि सरेका थिएनन् । केही ढिलो गरी आएको प्रहरी पनि घाइतेकोे उद्धारभन्दा पनि मुचुल्का उठाउन लागे । यसबीचमा १० मिनेट मुचुल्का उठाउँदै लाग्यो ।
स्थानीयका अनुसार प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर त्यहाँ जान रोक लगाएको थियो । चोटपटक लागेको तथा रगत बगिरहेको अवस्थामा समेत प्रहरीले मुचुल्का उठाइरहँदा घाइतेको उद्धारमा ढिलाइ भएको भन्दै सर्वसाधारण आफैंले अस्पताल लान ट्याक्सी तयार पारे तर प्रहरीले अनुमति दिएन र मुचुल्का तयार पानुपर्ने भन्दै ८ देखि १० मिनेट ढिलो हुन पुग्यो ।

तत्पश्चात् घाइतेमध्ये गुरुङलाई बीएन्डबी, मानन्धरलाई मेडिसिटी र खड्कालाई अल्का अस्पताल लगियो । गम्भीर घाइतेको संवेदनशीलता हेरी गुरुङलाई नजिकैको मेडिसिटी अस्पताल लानुपर्ने देखिन्छ तर उनलाई बीएन्डबी अस्पताल लगियो र पछि मेडिसिटीमा रिफर गरिएको थियो । समाचार राजधानी दैनिकले समाचार प्रकाशित गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments