काठमाडौं । नेपाली भान्सामा पनिर् मीठो र राम्रो परिकार मानिन्छ । पनिर दुधबाट तयार हुन्छ, जसलाई मसला हालेर पकाइन्छ र परिकारको रुपमा पस्किइन्छ।

डेरीमा वा अन्य पसलमा पाइने तयारि प्याकेटमा राखिएको पनिर ल्याएर हामीले घरमा पकाउने गर्छौं । यसरि बाहिरबाट पनिर ल्याउँदा, पनिर बासी हुने, अस्वस्थ हुने र वासना आउने समेत हुन सक्छ । यसबाट बच्नको लागि हामीले घरमा आफैले स्वस्त्था र ताजा पनिर तयार गर्न सक्छौं ।

पनिर बनाउनको लागि एउटा भाँडोमा दुध उमाल्नुपर्छ । दुध उम्लिएसकेपछि दुधलाई फटाउनको लागि कागतीको रस राख्नुपर्छ र फेरी उमाल्नुपर्छ । फेरी उमाल्दा दुध पूर्ण रुपमा फाट्छ । अब फाटेको दुध अलिकति सेलाएपछि सफा कपडाले छान्नुपर्छ । छानिसकेपछी त्यसलाई कपडामा नै राखेर थिच्नुपर्छ र एउटा आकार दिनुपर्छ । र, त्यसपछि केही छिन रेफ्रिज्रेटरमा राख्नुपर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments