जिलोंग। अष्ट्रेलियाको जिलोंगमा डाइभर्सिटाट पाको फेस्टिभल २०१९ को आयोजना हुँदैछ । फेस्टिभल यही फेब्रुअरी २३, शनिबारका दिन हुन लागेको हो ।

पाको फेस्टिभलमा अष्ट्रेलियामा बसोवास गरिरहेका विभिन्न समुदायलाई प्रतिनिधित्व गर्ने सांस्कृतिक विविधता प्रस्तुत गर्ने गरिन्छ । यो फेस्टिभल जातिय सामुदायिक परिषदद्वारा सन् १९८३ देखि हरेक वर्ष आयोजना हुँदै आएको छ ।

जिलोंगमा बस्ने नेपाली समुदायले पाको फेस्टिभल २०१९ मा नेपाली कला, संस्कृति प्रस्तुत गर्दै पर्यटन प्रबर्द्धन गर्ने तयारि गरेको छ । जिलोंग नेप्लिज एसोसिएसनले नेपाल पर्यटन वर्ष २०२० लाई टेवा पुर्याउने उद्देश्यले तयारि गरेको हो ।

एसोसिएसनका अध्यक्ष नीरज करनजित भन्नुहुन्छ,” नेपालीहरुको कला, संस्कृति तथा नेपालको पर्यटन प्रबर्द्धन गर्नको लागि यो हाम्रो लागि ठूलो अवसर हो । यो अवसरलाई चिनेर नै हामी फेस्टिभलमा आफ़ो पहिचान सहित सहभागी हुने तयारि गरेका हौँ । हामीलाई विश्वास छ कि, हाम्रो यो सानो प्रयासले पनि नेपाल पर्यटन वर्ष २०२० को लागि ठूलो टेवा पुग्नेछ ” ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments