काठमाडौं । उमेर ढल्केका हात्ती बेकामे बन्ने विषयलाई मध्यनजर गर्दै चितवनमा त्यस्ता हात्तीका लागि वृद्दाश्रम खोलिएको छ । सवारीमा जान नसक्ने बुढा हात्तीलाई वृद्दाश्रममा राखेर स्याहार गर्ने मनसायले यसो गर्न थालिएको हो ।

खैरहनी नगरपालिकाको कुमजोनमा साढे दुई बिघा जमिनमा रिसोर्ट सञ्चालन र हात्तीको वृद्दाश्रम सुरु गरिएको हो । रिसोर्टकै आम्दानीले वृद्दाश्रम सञ्चालनमा ल्याईएको सञ्चालक शरदकुमार पाण्डेले जानकारी दिनुभयो । मंगलबारदेखि सुरु गरिएको वृद्दाश्रममा ४५ वर्षको बिरामी पोथी हात्ती ‘सीताकली’ लाई राखीएको छ ।

वृद्दाश्रममा ४५ देखी ५० वर्ष नाघेका हात्ती राखिने बताईएको छ भने हात्ती संरक्षणका लागि भेटेरेनरी चिकित्सक अमेरिकी नागरिक डा. जब ट्रिस लण्डन खटिएकी छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments