काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको डिएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ । प्रहरी उच्च स्रोतका अनुसार डीएनएको वैधानिकतामै प्रश्न उब्जिएपछि विश्वसनियताका लागि डीएनए अमेरिका पठाउने प्रक्रिया शुरु गरिएको हो ।

हाल निर्मलाको डीएनए प्रहरीको विधि विज्ञान प्रयोगशालामा रहेको छ । यसअघि राष्ट्रिय मानवअधिकार आयोत तथा नागरिक स्तरबाट डीएनएको नमुना संकलन गर्दा त्रुटि भएको तथा प्रहरीको प्रयोगशालामै परीक्षण गरिनुले शंका उत्पन्न भएको भन्दै यसको वैधानिकतामाथि प्रश्न उठ्दै आएको थियो ।

निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने एक मात्र विकल्पका रुपमा रहेको डीएनए परीक्षणमा डीएनएको समग्र संकलन प्रक्रियाका लागि नै विज्ञ समूह गठन गर्न माग गरिँदै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments