एडिलेड । हिन्दु धर्मालम्बीहरुको विशेष दिन मध्येको एक मानिने महाशिवरात्री नजिकिंदै छ । यसै अवसरमा अष्ट्रेलियाको एडिलेडमा महाशिवरात्री मनाउने भव्य तयारि भएको छ । अष्ट्रेलियामा रहेर पनि नेपाली संस्कृति तथा परम्पराको सम्बर्द्धन तथा प्रबर्द्धनमा लागिपरेको नेपाली भजन किर्तन समूहले महाशिवरात्री मनाउने तयारि गरेको हो ।

समूहका अनुसार उक्त महाशिवरात्री कार्यक्रममा व्रत पूजा, यज्ञ पूजा, आरती तथा भजन किर्तन हुनेछ । नि:शुल्क प्रवेशको व्यवस्था गरिने उक्त कार्यक्रममा टीका प्रसाद वितरण समेत गरिने आयोजकले बताएका छन् ।

महाशिवरात्री विशेष कार्यक्रम आगामी मार्च ४ तारिखमा हुनेछ । अपरान्ह ३ बजे देखि साँझ ९ बजे सम्म चल्ने कार्यक्रम स्थानीय एक्टीभ एल्डर्स हल एस्कोट पार्कमा हुने बताइएको छ ।

कार्यक्रमलाई स्मार्ट ट्याक्स एण्ड अकाउन्टिंगले मूख्य प्रायोजन गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments