भारतमा आएकोे हुदहुद नामको आँधीले नेपालमा समेत वर्षा गराउने भएको छ ।

सोमबार नेपालको पूर्वी तथा मध्य भागका केही ठाउँमा क्षणिक वर्षा हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हुदहुद नामको आँधीको असर हिजो आइतबारदेखि नै देखिएपनि आज सोमबारदेखि पानी पर्ने मौसम पुर्वानुमान महाशाखाको अनुमान छ । आज पूर्वी तथा मध्य क्षेत्रमा क्षणिक वर्षा हुने भएपनि मंगलबार पश्चिम र सुदुर पश्चिम क्षेत्रमा भने भारी वर्षा हुनेछ ।

महाशाका अनुसार पानी पर्ने क्रम २–३ दिनसम्म जारी रहने बताइएको छ ।

Comments

comments