सन् २०१६ मा हुने युरोकप फुटबलको छनौट खेलमा इंग्ल्याण्डले ईस्टोनियालाई १–० गोलअन्तरले हराएको छ ।

ईस्टोनियामा भएको खेलमा इङ्गल्याण्डलाई विजयी गराउन वायन रुनीले ७३ औं मिनेटमा फ्रि किकमार्फत निर्णायक गोल गरे । इंग्लीश राष्ट्रिय टोलीको लागि रुनीको यो ४३ आँैं अन्तराष्ट्रिय गोल हो । जीतपछि इंग्लण्डले छनौट समुहमा ३ खेलबाट ९ अंक जोड्दै अग्रता लिएको छ । युरोपक छनौट अन्तर्गत गएरातीको अर्को खेलमा स्पेनले लक्जेम्बर्गलाई ४–० ले हराएको छ । अघिल्लो खेलमा स्लोभाकियासँग हारेको स्पेनले गएराती भने शानदार जीत निकालेको हो । स्पेनको जीतमा डेभिड सिल्भा, अलासेर, डिएगो कोष्टा र हुँवा बर्नाटको एक एक गोल सामेल थियो ।

गएराती युक्रेनले मेसेडोनियालाई १–० ले हराँउदा स्लोभाकियाले बेलारुसलाई ३–१ ले पराजित र्गयो । यसैगरी स्लोभेनियाले लिथुआनियालाई १–० ले हराँउदा रुस र मल्दोभाले १–१ गोलको बराबरी खेलेका छन् ।

Comments