सन् २०१० को विश्वकप विजेता स्पेन पहिलो चरणबाटै बाहिरीएको अर्को दिन फुटबलको पावर हाउस इङ्गल्यण्ड पनि उरूग्वेसँग पराजित हुदै बाहिरीएको छ । हिजो भएको उरूग्वे र इङ्ग्ल्याण्ड बिचको खेलमा आ-आफ्नो पहिलो खेल गुमाएकाले टप १६ मा पुग्ने आशा जिवित राख्न दुवैलार्इ जितको अवश्यकता थियो । ‘गर वा मर’ को खेल उरूग्वेले २-१ ले आफ्नो पक्षमा पार्यो । खेलको ३९ औं मिनेटमा लुर्इस स्वारेजले गोल गरे तर खेलको ७५ औं मिनेटमा इङ्गल्याण्डका वायन रूनीले जीवनको पहिलो विश्वकप गोल गरेर खेल बराबरीमा ल्याए । तर ८५ औं मिनेटमा स्वारेजले अर्को गोल गरे र खेल उरूग्वे ले जित्यो ।

त्यस्तै हिजोको ग्रुप सी पहिलो खेलमा कोलम्बियाले आइभरीकोस्टलार्इ २-१ ले हराउदै लगातार दोश्रो जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेको छ । त्यसै गरी सोहि ग्रुपको हिजोको अन्तिम खेलमा ग्रिस र जापानले गोलरहित बराबरी खेले । पहिलो हाफमा दश जनामा सिमित भएको ग्रिस विरूद्द जापानले कुनै गोल गर्न सकेन र खेल बराबरीमा सकियो । यस खेल पछि जापान विश्वकपबाट बाहिरीने संभावना बढेर गएको छ । यस ग्रुपमा कोलम्बियाको ६ अंक, अइभरीकोस्टको ३ र जापान र ग्रिसको १/१ अंक छ । यो समुहको अन्तिम सोह्रमा पुग्ने टिमको छिनोफानो हुन आइभरीकोस्ट र ग्रिस तथा कोलम्बिया र जापानबिचको खेलले गर्नेछ ।

Please follow and like us:

Comments