मेलबर्न । अष्ट्रेलियाको मेलबर्नका लागि जी,पी कोइराला फाउन्डेसनको संयोजकमा रमेश छत्कुली नियुक्त हुनुभएको छ ।

स्वर्गीय नेता गिरिजा प्रसाद कोइरालाको सम्झनामा उहाँकी छोरी अर्थात् नेतृ सुजाता कोइरालाको अध्यक्षतामा जी.पी फाउन्डेसन स्थापना गरिएको हो । यस संस्थाले स्व. कोइरालाको विचारधारा पछ्याउँदै नेपालको आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक लगायत सबै क्षेत्रमा योगदान दिएर समृद्ध नेपाल निर्माणको लागि विश्वभर आफ्नो संजाल फैलाएको छ । जसले गर्दा विश्वभर छरिएर रहेका नेपालीहरु एकतृत भएर नेपालको हितको लागि वैचारिक बहस संगै अन्य आवश्यक कार्यहरु गर्ने गर्छन् ।

अष्ट्रेलियामा नेपालीहरुको संख्या उल्लेख्य मात्रामा बढिरहेको समयमा यस संस्थाले आफ्नो संजाल अष्ट्रेलियामा समेत फैलाएको छ । र, विभिन्न सहरहरुमा सयोजकको रुपमा नेतृत्व प्रदान गरिएको छ । सोही अनुरुप मेलबर्नको संयोजकमा रमेश छत्कुली नियुक्त हुनुभएको हो ।

नेपालको धादिङ्गमा जन्मिएर हाल अष्ट्रेलियाको भिक्टोरियामा बसोवास गरिरहनुभएका संयोजक छत्कुलीले विगत पांच वर्षदेखि मेलबर्नमा बिजनेस कन्सल्टेन्टको रुपमा LARN Group Accountants & Advisors नामक व्यवसाय संचालन गरिरहनुभएको छ । व्यवसायसंगै उहाँ सामजिक काममा पनि सक्रिय हुनुहुन्छ। छत्कुली एनआरएनए अष्ट्रेलियाको ‘कलेक्टिभ इन्भेस्टमेन्ट’ को संयोजक समेत हुनुहुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments