एडलेड । अष्ट्रेलियाको एडलेड स्थित नेपाली पाठशालाले विद्यार्थीहरुलाई सम्मान गरेको छ । पाठशालाले १२ कक्षा पास गरेका आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

नेपाली सुमदायको नयन पुस्तालाई नेपाली भाषा सम्बन्धि ज्ञान दिने उद्देश्यका साथ २००८ देखि संचालनमा आएको यस पाठशालाले विद्यार्थीलाई प्रोत्साहन गर्नको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसै अनुरुप सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुले नेपाली भाषामा आफूहरुले लेखेका कविता वाचन गरेका थिए । यसका साथै १२ पास गरेकाले विद्यार्थीहरुले कार्यक्रममा सम्मान ग्रहण गर्दै भविष्यका आफ्ना योजनाहरु सुनाएका थिए ।

कार्यक्रम पाठशालाका संस्थापक डा सुनिल शर्माको अध्यक्षमा संचालन भएको थियो । पाठशाला स्थापनाको उद्देश्य पूरा हुँदै गएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । यसको साथै पाठशालाले एक दशकको यात्रा तय गर्नुमा संचालक समिति, विद्यार्थी, शिक्षक, अभिभावाक लगायत सम्पूर्ण नेपाली समाजको योगदान रहेको बताउंदै उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । कार्यक्रममा पाठशालाका अध्यक्ष कपिल पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले पाठशालाका आगामी योजनाहरुको बारेमा सहभागीहरुलाई जानकरी दिंदै पाठशालाको उद्देश्य यसले गरिरहेको कामको बारेमा प्रकाश पार्नुभएको थियो ।

एनआरएनए आइसिसि सदस्य तथा पाठशालाका पूर्व संयोजक गोकुल घिमिरेले कार्यक्रममा प्रमुख अतिथीको आसन ग्रहण गर्नुभएको थियो । उहाँले नयाँ पुस्तालाई आफ्नो मौलिक भाषा, संस्कृतिको ज्ञान दिनु अहिलेको पुस्ताको दायित्व रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले नेपाली पहिचानको सम्बर्द्धन संगै विद्यार्थीहरुलाई प्रोत्साहन समेत मिल्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, अभिभावकको तर्फबाट बोल्दै राजन पाण्डेले पाठशालाले गरिरहेको कार्य सह्रानीय रहेको बताउंदै यस्ता कार्यक्रमहरुले विद्यार्थी तथा अभिभावकमा उत्साह र हौसला जाग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments