काठमाडौं । अष्ट्रेलियामा पढ्न जान चाहनेहरुका लागि काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर हुनेभएको छ । लामो समय देखि शिक्षा क्षेत्रमा सक्रिय रहेको एजुकेशन एण्ड माइग्रेसन कर्नरले उक्त शैक्षिक मेलाको आयोजना गरेको हो ।

आयोजका अनुसार, मेलामा अष्ट्रेलियाका दश भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको उपस्थिति रहनेछ । यसले गर्दा विद्यार्थीले अष्ट्रेलियाको पढाइ, कलेज तथा युनिभर्सिटी, शुल्क आदि सबै विषयमा जानकारी हासिल गर्न सक्नेछन् । यसको साथै विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर समेत प्रदान गरिनेछ ।

एजुकेशन फेयर फ्रेबुअरी १७ र १८ मा एजुकेशन एण्ड काठमाडौं स्थित शंकरदेव कलेज संगै रहेको माधवी टावरमा रहेको माइग्रेसन कर्नरको कार्यालयमा आयोजना हुने बताइएको छ । एजुकेशन फेयरमा विद्यार्थीहरुलाई रु दुई सय रिचार्ज कार्ड संगै विभिन्न उपहारको व्यवस्था समेत रहनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments