काठमाडौं । ट्राफिक प्रहरीले गर्ने सवारी चेकजाँचका क्रममा चालकले बढी घुस दिन खोज्ने गरेको पाइएको छ ।, आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले समाचार लेख्नुभएको छ ।

प्रहरी र सर्वसाधारणका यस्ता व्यवहारमा नियन्त्रण गर्न भन्दै प्रहरीले घुस लिने र दिने दुवैलाई कारबाहीमा ल्याउने अभियानले यस्तो देखाएको हो । घुस लिने र दिने दुवै समाजका शत्रु भएको र यस्ता कार्यबाट गलत प्रवृत्ति बसेको भन्दै प्रहरीले यस्तो अभियान शुरु गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीकी प्रवक्ता एसएसपी पूजा सिंहले ट्राफिक प्रहरीले गर्ने सवारी चेकजाँचका क्रममा बढी घुस दिन खोज्ने भेटिएको बताइन् ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने, कागजात नभएका तथा कागजात अद्यावधिक नगर्ने सर्वसाधारणले प्रहरीलाई प्रभावमा पार्नका लागि यस्तो अनुरोध गर्ने, कागजातका बीचमा रकम राखेर दिनेजस्ता गतिविधि गर्ने पाइएको प्रवक्ता सिंहले बताइन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments