मेलबर्न । अष्ट्रेलियामा जारि बिग बास लिगको आइतबार भएको खेलमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

नेपाली लेगस्पिनर लामिछानेको उत्कृष्ट बलिङसँगै उनको टिम मेलबर्न स्टार्स सेमीफाइनलमा प्रवेश गरेको छ । सिड्नी सिक्सर्सलाई ९४ रनले हराएर मेलबर्न स्टार्स सेमिफाइनलमा पुगेको हो ।

मेलबर्न क्रिकेट मैदानमा आइतबार भएको खेल हेर्नको लागि स्थानिय संगै नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । खेलमा सन्दीपले जम्मा ३।४ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए । उनले जम्मा ११ रनमात्र खर्चे । सन्दीपको यो उत्कृष्ट प्रदर्शनले खेल हेर्न पुगेका नेपाली समुदायलाई उत्साहित बनाएको थियो ।

स्टार्स आगामी १४ फेब्रुअरी अर्थात बिहीबार होबार्ट हुरिकेन्ससँग सेमिफाइनल खेल्नेछ भने बिग बासको फाइनल खेल आगामी १७ फेब्रुअरीमा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments