मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्य स्थित क्रेगीबर्नमा बस्ने नेपालीहरुले सरस्वति पूजा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छन् । वसन्त पंचमीको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा क्रेगीबर्न र आसपासमा बस्ने नेपाली अभिभावक देखि साना बालबालिकाको उपस्थिति रहेको थियो ।

नेपालबाट टाढा रहेतापनि आफ्नो संकृति तथा परम्पराको सम्बर्द्धन तथा प्रबर्द्धनमा यहाँको नेपाली समाज प्रतिबद्ध छ । यसै अनुरुप पण्डित मित्र लाल अधिकारीले विधिवत रुपमा सरस्वती पूजाको आरम्भ गर्नुभएको थियो । उक्त पूजामा बालबालिकाले समेत सरस्वती बन्दना गाउँदै टीका र प्रसाद ग्रहण गरेका थिए । कार्यक्रममा प्रसाद संगै समाजले उपहार प्रदान गरेको थियो ।

उक्त सरस्वती पूजा विशेष कार्यक्रममा क्रेगीबर्न नेपाली समाजका माधव पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले समाजले पहिलो पटक आयोजना गरेको सरस्वती पूजामा नेपालीहरुको उत्साहपूर्ण सहभागिताप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । त्यस्तै, कार्यक्रममा एनआरएन एनसीसीका सदस्य निराजन गौली, साहित्यकार वियोग बुढाथोकीले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै समाजका कार्यसमिती सदस्य माधुरी मास्के शर्माले आगामी फेब्रुअरी देखि संचालन हुन लागेको आर्ट वर्कशप बारे सहभागीहरुलाई जानकारी दिनुभएको थियो । मास्केका अनुसार, उक्त आर्ट वर्कशपमा बालबालिका देखि वृद्ध सम्मले भाग लिन पाउनेछन् । नेपाली मुलका नयाँ पुस्तालाई नेपाली भाषा ज्ञान दिने उद्देश्यले समाजले छिट्टै नेपाली भाषा कक्षा समेत संचालन गर्दैछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments