मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा शनिवार लोडसेडिङ भएको छ । आँधीका कारण सिड्नीका हजारौं घरहरुमा विद्युत आपूर्ति बन्द भएको हो ।

आँधीका कारण राजमार्गहरु समेत अवरुद्ध भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । आँधीले शनिवारकालागि तय राष्ट्रिय फुटबल म्याच समेत प्रभावित भएको छ ।

सिड्नीको उत्तरी क्षेत्रमा शुक्रवारबाटै भारी वर्षा हुनुका साथै विजुली चम्केको थियो । पछिल्लो २४ घण्टामा सिड्नीमा ६० मिलिलिटर वर्षा भएको समाचारमा उल्लेख छ । वर्षा र आँधीकाबाट सिड्नीका केही क्षेत्रमा बाढी आउनुका साथै पहिरो खसेका छन् ।

करिब ४० हजार घरमा विद्युत आपूर्ति बन्द भएको बताइएको छ । शनिवार विहानसम्म आपतकालीन उद्दारकालागि एक हजार बढी फोन कल आएको आपतकालीन केन्द्रले जनाएको छ ।

Comments

comments