काठमाडौं । आज शनिवार चकलेट डे । भ्यालेन्टाइन वीक, चारैतिर गुलाबको रातो रंग छाइरहेको छ ।

त्यसमा अझ चकलेटको मिठासले यो हप्तालाई अझै मिठो र सुन्दर बनाइदिन्छ । यसकै लागि युवाहरुले चकलेट किनिरहेका छन् । भ्यालेन्टाइन विकको लागि भनेर पसलहरुमा नयाँनयाँ चकलेटहरु पनि आएको छ ।

कतिपय चलकेट कम्पनीहरुले त प्याकिङ नै भ्यालेन्टाइनमय बनाएका छन् । चकलेट त प्राय मानिसलाई मनपर्छ नै, त्यसमाथि कतिपय पसलेहरुले त चकलेटको साथमा गुलाफको फूलसमेत दिएका छन् ।

केटीहरुलाई चकलेट असाध्यै मनपर्छ । चकलेट दिनुअघि ‘हुन्न’ भनेका कुरापनि चकलेट दिइसकेपछि ‘हुन्छ’ भन्नेसम्म हुन्छ भन्छन् भन्ने गरिन्छ । सामान्य चकलेट भन्दा पनि राम्रो र ब्रान्डेड किसिमका चकलेटले उनीहरुको मन जित्न सकिन्छ ।

Comments

comments