एजेन्सी । एक युवकले आमाबुवाले आफ्नो अनुमति नलिई आफूलाई जन्माएको भन्दै आमाबुवा विरुद्ध मुद्दा हाल्न चाहेको बताएका छन् । भारतका २७ वर्षीय राफेल स्यामुलले युट्युब भिडियो मार्फत आफ्नो उक्त विचार राखेका हुन् ।

राफेलका अनुसार, आमा बुवाले बच्चाको अनुमति नलिई आफ्नो इच्छाले बच्चा जन्माउँछन् । बच्चाको अनुमति नलिई उसलाई जबर्जस्ति धर्तीमा ल्याइएकोले बच्चा आमाबुवाप्रति ऋणी हुँदैन र उसको जीवनको जिम्मेवारी आमा बुवाले लिनुपर्छ । त्यस्तै, बच्चालाई जन्माउनमा बच्चाको चाहना नभएको र आफ्नो इच्छाले जन्माएका कारण बच्चा प्रति आमाबुवाको हक लाग्दैन ।

भिडियोमा उनी नक्कली दाह्री र चस्मा लगाएर देखिएका छन् । भिडियो सार्वजनिक भएको छोटो समयमा नै उक्त भिडियो लाखौँ व्यक्तिले हेरेका छन् । धेरैले उनलाई गाली समेत गरेका छन् ।

राफेलकी आमाले पनि उक्त भिडियो पछि छोरालाई संदेश लेखेकी छिन् र सामाजिक संजालमा राफेलले आमाले पठाएको उक्त संदेश राखेका छन् । आमाको संदेशमा उल्लेख भएअनुसार, उनका आमा बुवा दुवै वकिल हुन् । आमाले आफ्नो छोरा स्वतन्त्रपूर्वक हुर्किएको र आफ्नो सोंच खुलेर राख्न सक्ने हिम्मत भएको बनेकोमा गर्व लागेको बताएकी छिन् ।

यो सोंचलाई नातावाद विरुद्धको विचारधारा मानिन्छ । यो विचारधारा पछिल्लो समयमा फैलिने क्रममा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments