मेलबर्न । नयाँ ठाउँमा पुगेर त्यहाँको जीवनशैली अपनाउनु, त्यहाँको सम्पूर्ण नियम कानुनमा जानकार हुनु जोसुकै व्यक्तिको लागि पनि गाह्रो कुरा हो । नेपालमा आफ्नो घरमा आफ्ना अभिभावकसंग रहेर पढिरहेका विद्यार्थीलाई त्यो अझ चुनौतीपूर्ण हुन्छ । त्यसमाथी काम खोज्नु, सीपको कमी हुनु, पढाइ र काममा समय व्यवस्थापन गर्नुपर्ने चुनौती आदिले गर्दा जीवन झन् कठीन महसुस हुन थाल्छ । त्यसैकारण पनि थुप्रै नेपाली विद्यार्थीहरु डिप्रेसनमा परेको, आत्महत्या गरेको जस्ता समाचारहरु बाहिरिने गर्छन् ।

विद्यार्थीहरुका तिनै समस्यालाई मध्यनजर गर्दै भिक्टोरिया राज्यको मेलबर्नमा नेपाली विद्यार्थीहरुका लागि नि:शुल्क तालिम संचालन हुनेभएको छ । एनआरएनए भिक्टोरिया, नेपलिज एसोसिएसन अफ भिक्टोरिया र भिक्टोरिया स्थित नेपाली महावाणिज्यदुतको कार्यलयले संयुक्त रुपमा उक्त कार्यक्रम संचालनमा ल्याउन लागेका हुन् ।

उक्त कार्यक्रमलाई पांच भागमा बाँडिएको छ । पहिलो दिनको कार्यक्रम आगामी १७ फेब्रुअरीमा दिउँसो १ बजे देखि ४ बजेसम्म हुनेछ । उक्त दिनमा मेलबर्नको जीवनशैली, सडक तथा अन्य नियम, काम खोज्ने तरिका, कामको लागि अन्तर्वार्ता दिने तरिका, रिजुम लेख्ने तरिका आदिको बारेमा जानकारी दिइनेछ ।

अर्को सेसन २४ फेब्रुअरीमा दिउँसो २ बजे देखि ४ बजेसम्म हुनेछ र उक्त सेसनमा कफी र चिया सम्बन्धि तालिम प्रदान गरिनेछ । ३ फेब्रुअरीमा हुने अर्को सेसनमा वेटिंग ट्रेनिंग दिइने आयोजकले बताएका छन् । त्यस्तै, अष्ट्रेलियामा काम पाउनको लागि महत्वपूर्ण भूमीका खेल्ने रिजुम सम्बन्धि विस्तृत जानकारी, रिजुम प्रभावकारी बनाउने तरिका र अन्तर्वार्ताको लागि जाँदा आवश्यक टिप्सको बारेमा विस्तृत जानकारी दिइनेछ।

अष्ट्रेलियामा विद्यार्थीहरुलाई काम अत्यावश्यक हुने र काम दिने व्यक्ति या कम्पनीले सो कुराको फाइदा उठाएर बढी काम लगाउने, कम तलब दिने जस्ता घटनाहरु पनि बाहिरिन्छन् । त्यसैले २३ मार्चमा हुने अर्को सेसनमा अष्ट्रेलियामा काम सम्बन्धि नियम, कामदारको हीतमा बनेका कानुनको बारेमा जानकारी दिइनेछ । यसको साथै जुवा तथा विभिन्न कुलतबाट बच्नको लागि विद्यार्थीलाई सचेत गराइनेछ ।

कार्यक्रम आयोजकका अनुसार, यो नि:शुल्क तालिम कार्यक्रम निरन्तर रुपमा संचालनमा आउनेछ । विशेष गरि नेपालबाट आउने नयाँ विद्यार्थीलाइ यहाँ आइसकेपछि सहज होस् र उनीहरुले यहाँ आउनुको आफ्नो मूख्य उद्देश्य अर्थात् पढाइलाई निर्बाध रुपमा अगाडी बढाउन सकुन् भन्ने उद्देश्यले कार्यक्रम संचालनमा ल्याइएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments