एजेन्सी । विश्वभर इन्टरनेटको स्पीड बढाउनका लागि पाँचौ पुस्ताको नेटवर्क (5G) को परीक्षण भइरहेको छ । निकट भविष्यमै यसलाई प्रयोगमा पनि ल्याइने छ ।

स्मार्टफोन उत्पादक कम्पनीहरुले पनि 5G नेटवर्क सपोर्ट गर्ने मोवाइल उत्पादन गर्ने तयारी थालिसकेको छन् ।

प्रेब्रुअरी २४ तारिखमा स्पेनमा आयोजना हुने विश्व मोवाइल कंग्रस २०१९ मा केही 5G सपोर्ट गर्ने फोन पनि सार्वजनिक हुनेछन् ।

यद्यपि, 5G नेटवर्कको विषयलाई लिएर केही चिन्ताजनक तथ्यहरु पनि सार्वजनिक भएका छन् । एक रिसर्चका अनुसार 5G नेटवर्कबाट प्रयोगकर्ताको डाटाहरु सजिलै ह्याक हुने खतरा देखिन्छ ।

टेक्निकल युनिभर्सिटी अफ बर्लिन, ईटीएज जुरिक र नर्वेका सिनटेफ डिजिटलद्वारा जारी गरिएको एक रिसर्च पेपरमा फाइज जी नेटवर्कमा प्रयोगकर्ताको गोपनीयतालाई लिएर चिन्ता व्यक्त गरिएको छ । रिसर्चमा भनिएको छ कि 5G नेटवर्कमा फोन सुरक्षित तरिकाले सेल्युलर नेटवर्कसँग कनेक्ट गर्न पाइने छैन ।

Comments

comments