काठमाडौं । काठमाडौं उपत्यकामा आज विहानै सिमसिम पानी परेको छ । मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण पानी परेको हो ।

पानी परेपछि विहानै कलेज जाने विद्यार्थी प्रभावित भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले विहीबारदेखि तीन दिन मुलुकभर वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

पश्चिमबाट वर्षा पूर्वतिर सर्दै जानेछ । बुधबार दिउँसोदेखि पश्चिम नेपालमा मध्यम वर्षा भएको मौसमविद् सुवस रिमालले बताए । विहीबार पनि काठमाडौं उपत्यका लगायत पश्चिम नेपालमा वर्षा हुने उनले बताए ।

पूर्वी नेपालमा पनि विहीबारबाटै वर्षा शुरु हुने प्रक्षेपण गरिएको छ । हिमाली क्षेत्रमा हिमपात हुने भएकाले ट्रेकिङ र घुमघाममा नजान पर्यटकलाई आग्रह गरिएको छ ।

Comments

comments