काठमाडौं । ग्यास्ट्रिकलाई ठट्यौली पारामा भन्दा नेपालीहरुको राष्ट्रिय रोग भन्ने गरिन्छ । किनकी हरेक जसो नेपाली ग्यास्ट्रिकबाट ग्रसित हुन्छन् । विशेष गरि खानपानको शैलीले ग्यास्ट्रिक रोगलाई निम्त्याउँछ।

ग्यास्ट्रिकबाट कसरि छुटकारा पाउन सकिन्छ त ?

भारतको जयपुर स्थित नेशनल इन्स्टिच्युट अफ आयुर्वेदमा कार्यरत डा. सी आर यादवले ग्यास्ट्रिकबाट बच्ने उपाय यसरि बताएका छन् :

पेटमा राम्रा र नराम्रा ब्याक्टेरिया बीच सन्तुलन बिग्रिंदा ग्यास बढ्छ । लसुन, प्याजले पेटमा ब्याक्टेरियाको सन्तुलन बिगार्छ, त्यसैले यी कुराहरु नखानुहोस् ।

उमेर बढ्दै जाँदा पाचनशक्ति कम्जोर हुँदै जान्छ । त्यसैले दुध र दही बाहेक पेटले दुधबाट बनेका अन्य परिकारहरु पचाउन छोड्दै जान्छ । त्यसैले ४५ वर्ष उमेर माथिका व्यक्तिले दही बाहेक दुधका अन्य परिकार नखानुहोस् ।

दिनभरिमा १० गिलास भन्दा बढी पानी पिउनुहोस् । झोल परिकार र फाइबर बढी भएका खानेकुराहरु खानुहोस् । सुक्खा र तारेका खानेकुरा नखानुहोस् ।

खाना छिटो-छिटो खाँदा, खाना राम्ररि पच्न पाउँदैन । त्यसैले खाना खाँदा विस्तारै चपाएर खानुहोस् ।

एन्टिबायोटिक औषधि खाएपछि त्यसले पेटका ब्याक्टेरिया मार्छ र ग्यास्ट्रिक हुन्छ । त्यसैले एन्टिबायोटिक खानुपर्ने भयो भने, ग्यास्ट्रिक नबढ्ने औषधि पनि खानुहोस् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments