काठमाडौं । रौतहटको गढीमाई नगरपालिकाका प्रमुख र वडाध्यक्ष नै विद्युत चोरीमा संलग्न रहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले नगर प्रमुख श्यामप्रसाद यादव र वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादवले विद्युत चोरी गरेको फेला पारेको हो ।

प्रमुख र वडाध्यक्षले हुकिङ गरी घरमा विद्युत लिएर प्रयोग गरिरहेको पाइएपछि प्राधिकरणको टोलीले लाइन काटेको छ । वडाध्यक्ष यादवले मिटर बाइपास गरी आफ्नो घरमा बिजुली प्रयोग गर्नुका साथै दाजुभाइको घरमा समेत आफूले चोरेको बिजुली दिएका थिए ।

नगर प्रमुख र वडाध्यक्षले चोरी गरेको विद्युतकाे बिगो र जरिवाना तिर्ने भएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments