काठमाडौं । चितवनमा नेपालकै नमुना खुला आकाशे सडक ‘अम्रेला स्ट्रिट’ बनाइने भएको छ । भरतपुर महानगरपालिका २२ पटिहानी क्षेत्रमा स्ट्रिट बनाउन लागिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटक आकर्षणका लागि महानगरको वडानम्बर २२ घडगाई क्षेत्रमा यस्तो संरचना निर्माण गर्न लागिएको हो । यसका लागि शुरुमा ३ करोड रुपैयाँ लगानी गरिने वडा अध्यक्ष विष्णुप्रसाद महतोले जानकारी दिनुभयो । महतोका अनुसार १२ मिटर चौडा र १२० मिटर लम्बाइको अम्ब्रेला स्ट्रिटको निर्माणकार्य शुरु भइसकेको छ । हरियालीहतिको पार्क बनाइने उक्त क्षेत्रको किनारमा आकर्षक छाता (अम्रेला) राखिएका खुला पसल हुनेछन् ।

सरकारले यसैवर्ष भरतपुरको पटिहानी क्षेत्रलाई एक सयौं पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments