काठमाडौं । सरकारले वैदेशिक रोजगारका सबै कामको विकेन्द्रीकरण गर्ने योजनाअनुरुप अब सबै प्रदेशबाट श्रम स्वीकृति दिने भएको छ । बुधबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट सरकारले श्रम स्वीकृति वितरण शुरु गर्ने भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट सेवा दिने सबै तयारी पूरा भएको जनाएको छ । सरकारले पुस १५ गतेदेखि प्रदेशबाट सेवा दिन शुरु गरेको थियो । सुरुमा प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट सेवा शुरु गरिएको थियो । त्यस्तै केही दिनअघि गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट समेत वैदेशिक रोजगारसम्बन्धी सेवाहरु शुरु गरिएका छन् ।

सबै प्रदेशबाट वैदेशिक रोजगारीका लागि सेवा शुरु भएसँगै श्रम स्वीकृतिका लागि राजधानी आउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments