क्विन्सल्याण्ड । अष्ट्रेलियाको स्टेट अकुपेशन लिस्टबाट केही पेशा हटेका छन् । द सनसाइन राज्यले आफ्नो अकुपेशन लिस्टबाट केही पेशा हटाएको हो ।

क्विन्सल्याण्डको माइग्रेसन वेबसाइटमा उल्लेख गरे अनुसार, बिजनेस एण्ड स्किल्ड माइग्रेसन क्विन्सल्याण्डले चारवटा पेशा हटाउनेछ । नयाँ अकुपेशन लिस्ट फेब्रुअरी १ देखि लागु भएको छ । हटाइएका पेशाहरु निम्न छन् :

  • ICT Business Analyst – 261111
  • Quantity Surveyor – 233213
  • Construction Project Manager – 133111
  • Marketing Specialist – 225113

यी पेशाहरु अस्थायी रुपमा हटेका हुन् । यी पेशामा अहिले आवेदन बढी आएकोले लिस्टबाट केही समयको लागि हटाइएको बताइएको छ । हाल इन्भिटेसन पाएकाहरुले अगाडीको प्रक्रिया नचालेमा मात्र नयाँ इन्भिटेसन मिल्नेछ ।

त्यस्तै, माइग्रेसन अफिसले offshore QSOL लिस्टबाट Interior Designer (232511) र Actuary (224111) पनि हटाएको छ ।

Source : www.sbs.com.au

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments