काठमाडौं । कैलालीको थारु समुदायमा पहिलाे पटक महिला भलमन्सा छनौट गरिएको छ । समुदायमा समाजको अगुवाइ गराउनका लागि छनौट गरिने भलमन्सामा महिलालाई नेतृत्व दिइएको हो ।

जिल्लाको गोदावरी नगरपालिकाको वडा नम्बर ८ जोनापुर गाउँमा सीता चौधरीलाई भलमन्सा छनौट गरेको हो । पहिलेदेखि नै गाउँका समस्यामा चासो राख्ने भएकोले आफु भलमन्सा छनौट भएको चौधरीले बताउनुभयो । महिला भएका कारण भलमन्साको दायित्व पुरा गर्न चुनौतीपूर्ण भएपनि समाज र परिवारले राम्रो सहयोग गरिरहेकाले सहज हुने चौधरीको भनाई छ ।

थारु समुदायमा भलमन्साले गाउँमा कृषि, कुलो, शिक्षा, स्वास्थ्यलगायतका विकासका काममा नेतृत्वदायी भूमीका निर्वाह गर्नुपर्ने चलन रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments