मेलबर्न। नेपाली क्रिकेटका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने सोमवार अष्ट्रेलिया आउदैछन् ।

मेलबर्नमा जारी बिग बास लिग (बीबीएल) का बाँकी खेल खेल्न सन्दीप अष्ट्रेलिया आउन लागेका हुन् ।

नेपाललाई यूएईविरुद्ध पहिलो एकदिवसीय र टी–२० सिरिज जिताउन अहम् भूमिका निर्वाह खेलेका लामिछाने सोमवार नै यूएईबाट अष्ट्रेलिया आउन लागेका हुन् ।

सन्दीपले मेलबर्न स्टार्सबाट लिगका सुरुवाती चार खेल खेलेका थिए । उनले ८ विकेट लिँदै आफ्नो प्रभाव छाडेका थिए । त्यसपछि पूर्व सम्झौता अनुसार बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न गएका थिए । बंगलादेशबाट उनी राष्ट्रिय टिममा खेल्न आएका थिए ।

उनको क्लब मेलबर्न स्टार्स १२ खेलबाट १२ अंकसहित लिगको चौथो स्थानमा छ । सन्दीपको टोलीको शुक्रबार ब्रिसबेन हार्टविरुद्ध खेल छ भने फेब्रअरी १० मा सिड्नी सिक्सर्सविरुद्ध छ । शीर्ष चारमा अटाउन सके उनको टिम सेमिफाइनलमा पुग्नेछ ।

Comments

comments