काठमाडौं । नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक दिवसीय क्रिकेट श्रृंखला जितेको नेपालले टीट्वेन्टी श्रृंखलाको उपाधिसमेत हात पारेको हो।

आइतबार भएको अन्तिम तथा तेस्रो टी-ट्वान्टीमा युएईलाई १४ रनले पराजित गर्दै नेपालले तीन खेलको सिरिज २-१ ले जित्यो ।

जितका लागि करण केसी एक्लैले एउटै ओभरमा दुई विकेट लिए। टस जितेर फिल्ड रोजेको यूएईलाई अन्तिम खेलमा नेपालले आठ विकेटको क्षतिमा १०५ रनको चुनौती दिएको थियो। ब्याटिङमा कप्तान पारस खड्का र सन्दीप जोराले महत्वपूर्ण योगदान दिए।

यूएईले राम्रो सुरुवात गरे पनि नेपालका लागि सोमपाल कामी, अविनाश बोहोरा र सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिए। वर्षाका कारण आइतबारको खेल १० ओभरमा छोट्याइएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments