काठमाडौं । क्यान्सर रोगको ‘डाइगोनोसिस एन्ड ट्रिटमेन्ट’ का लागि अब विदेशिनु नपर्ने चिकित्सकहरुले दाबी गरेका छन् ।

नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर प्रालि हरिसिद्वी, ललितपुरले ‘नेपालीको क्यान्सर उपचार नेपालमै’ भन्ने मूल नाराका साथ नेपाल चिकित्सक संघ भेरी र नेपालगञ्ज मेडिकल कलेजसँगको सहकार्यमा शनिबार आयोजित एक अन्तर्क्रिया कार्यक्रममा चिकित्सकहरुले यस्तो दाबी गरेका हुन् । नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष तथा सिनियर कन्सल्टेन्ट मेडिकल अंकोलोजी डा.सुदिप श्रेष्ठले बिरामी तथा आफन्तमा नेपालमा क्यान्सर डाइगोनोसिस हुन सक्दैन भन्ने धारणा हटाउन जरुरी भएको बताउनुभयो ।

क्यान्सर उपचारमा संलग्न चिकित्सक र अस्पतालबीच आपसी तालमेल र सहकार्य हुन सके मात्र बिरामीले अन्यत्र उपचारका लागि भौंतारिनु नपर्ने श्रेष्ठको दाबी छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments