काठमाडौँ । टीट्वेन्टी शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध चार विकेटले विजयी भएको छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा भने युएईलाई पराजित गरेको हो ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १०८ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर ३ बलमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो ।

युएईविरुद्ध नेपालले पहिलो ओभरमै ओपनर तथा कप्तान पारस खड्कालाई सुन्य रनमा गुमाएको थियो । यस्तै प्रदिप ऐरीलाई ८, उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७ र सन्दीप जोरालाई सुन्य रनमा गुमाएको थियो ।

तर, दिपेन्द्र र पवनले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जित दिलाए । छैटौं विकेटका लागि दिपेन्द्र र पवनले ५५ रनको साझेदारी गरेका थिए ।

यो जितसंगै नेपालले घरेलु टोलीविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । अब नेपालले आइतबार घरेलु टोलीसंग अन्तिम तथा तेस्रो टी-ट्वान्टी खेल खेल्नेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments