मेलबर्न । अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाको लागि भारतमा एक बहिनीले आफ्नै दाजुसंग विवाह गरेकी छिन् । भिसा प्रक्रिया सबै पूरा भएर भिसा पाएपछि उनीहरु हाल अष्ट्रेलियामा बसोवास गरिरहेका छन् ।

भारतको पन्जाबको एक परिवारका दाजु बहिनीले अष्ट्रेलियाको भिसाको लागि कानुन, परिवार, समाज सबैलाई धोका दिएको प्रहरीले जनाएको छ । पन्जाब प्रहरीले केही समय अगाडी यो गोप्य खबर थाहा पाएपछि अहिले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीले हाल दाजु बहिनी दुवै अष्ट्रेलियामा रहेकोले पन्जाबमा रहेका उनीहरुका आमा, बुवा, भाइ र हजुरआमामाथी छानबिन भइरहेको जनाएको छ ।

स्रोत : एसबिएस हिन्दि

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments