काठमाडौं । अष्ट्रेलियाको मेलबर्नमा टी १० क्रिकेट प्रतियोगिताको हुने भएको छ ।

भिक्टोरियन नेप्लिज क्रिकेट एशोसियसनको आयोजनामा आगामी फागुन १२ गते अष्ट्रेलियाको मेलबर्नमा टी १० प्रतियोगिता हुने भएको हो । यसअघि एकदिवसीय र टीट्वान्टी प्रतियोगिता गर्दै आएको भीएसनसीले यस पटक टी१० स्वरुपमा प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिता उत्साहजनक बनाउन नयाँ स्वरुपमा आयोजना गर्न लागिएको राष्ट्रिय क्रिकेट टोली नेपालका पूर्व खेलाडी एवं भीएनसीका अध्यक्ष यश्वन्त सुवेदीले बताउनुभयो ।

मेलबर्नमा पहिलो पटक हुन लागेको टी१० प्रतियोगिताको पुरस्कार राशी तीन लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा आठ वटा नेपाली क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

Comments

comments