काठमाडौं । शुक्रवार देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने भएको छ ।

डा गाविन्द केसीको मागलाई बेवास्ता गर्दै प्रतिनिधि र राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएको भन्दै त्यसको विरोधमा चिकित्सकहरुले शुक्रबारबाट आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएका हुन् ।

नेपाल चिकित्सक संघको बिहीबार बसेको आकिस्मक बैठकले सरकारका कारण डा केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै शुक्रवार आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरी प्रर्दशनमा उत्रने निर्णय गरेको हो।

Comments

comments