मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा ‘ First Home Buyer and Property Investor Night ‘ हुने भएको छ । Mortgage Advisor, CPA Accountant र Real Estate Agent को संयुक्त प्रयासमा कार्यक्रम संचालन हुने भएको हो ।

आयोजकहरुका अनुसार, कार्यक्रम हरेक महिनाको पहिलो मंगलबार हुनेछ । यस कार्यक्रमको पहिलो सेसन आगामी फेब्रुअरी ५ मा हुने बताइएको छ । उक्त पहिलो सेसन Quest Hotel Epping मा बेलुका ६ बजे देखि ८ बजे सम्म संचालन हुनेछ ।

पहिलो सेसनमा सारथी अकाउन्ट एण्ड एड्भाइजरबाट CPA Accountant केशव सापकोटा, हकिंगस्टट रियल स्टेटबाट सुरेश महर्जन र न्यु कन्सेप्ट फाइनान्सबाट कृष्ण सापकोटाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पहिलोघर किन्ने सोंच बनाएका तथा प्रोपर्टी मा लगानी गर्न चाहने व्यक्तिले एकै ठाउँबाट घर र कर्जा कसरि सहज तरिकाले लिने भन्नेबारी महत्वपूर्ण जानकारीहरु दिइनेछ । यसको साथै कार्यक्रममा सहभागीहरुले करबाट कसरि अधिकतम फाइदा लिने भन्ने कुराको जानकारी हासिल गर्न सक्नेछन् ।

कार्यक्रमको हरेक सेसनमा सम्बन्धित क्षेत्रका विज्ञलाई प्रमुख अतिथीको रुपमा निम्त्याइने र उनीहरुका सुझाव तथा अनुभवहरु सुनिने आयोजकले बताएका छन् ।

पहिलो सेसनमा न्यु कन्सेप्ट फाइनान्सका कृष्ण सापकोटाले घर किस्तामा लिदा गर्नुपर्ने तयारी, घर कर्जाका विभिन्न सुविधा र विभिन्न बैंकका कर्जा सम्बन्धि नियम , First Home Owners Grant, house and land package and construction loan को साथसाथै अन्य जानकारी दिनेछन् इ सन् २००७ मा विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका कृष्ण सापकोटा एक मिहिनेती, इमान्दार तथा विश्वासीलो मोर्ट्गेज ब्रोकर हुन् । करिब दुई वर्ष देखि ब्रोकिंग गरिरहेका सापकोटालाई ०४०३ ७१६ १०७ मा सम्पर्क गरि सल्लाह लिन सकिन्छ ।

त्यस्तै, घरमा लगानी गर्दा करका हिसाबले के-के गर्दा अधिकतम फाइदा लिन सकिन्छ भन्ने बारे सारथी अकाउन्ट एण्ड एड्भाइजरका सीइओ केशव सापकोटाले जानकारी तथा महत्वपूर्ण सुझावहरु दिनेछन् । केशव सापकोटालाई ०४३० ०९७ ५६३ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

मेलबर्नमा घर किन्नु तथा प्रपर्टीमा लगानी गर्नुका फाइदा बारे हकिंगस्टटका सुरेश महर्जनले प्रकाश पार्नेछन् । महर्जनलाई सम्पर्क गर्न चाहनेले ०४२२ ८९४ ६४१ मा सम्पर्क गर्न सकिनेछ ।

निकट भविष्यमा घर किन्ने वा बेच्ने सोच भएका तथा जग्गा किन्ने, जग्गामा लगानी गर्ने योजना बनाएकाहरुकालागि यो कार्यक्रम अत्यन्तै लाभदायक हुने आयोजकले बताएका छन्।

कार्यक्रममा सहभागी हुन चाहनेहरुले तल दिइएको लिंकमा गएर रजिस्ट्रेसन गर्नुपर्नेछ ।

https://homeloaninfo.eventbrite.com.au

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments